शुक्रबार, ६ मंसिर, २०८२

उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस (सूचिसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ श्रावण, २०८२

उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस (सूचिसहित)

२०८२ साउन २२, काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार परिषद्ले २७ जनाको नाम सिफारिस गरेको हो। न्याय परिषद्का सचिव यमबहादुर बुढामगरसहितलाई २७ जनाको नाम सिफारिस गरिएको परिषद्ले जनाएको छ ।

सिफारिस भएका मध्ये १६ जना जिल्ला अदालतका न्यायाधीश छन् । पाँच जना न्याय सेवाबाट र ६ जना कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

जिल्ला न्यायाधीशबाट गोपालराज बास्तोला, गिरीराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुङ्गाना, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल,दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्धवप्रसाद भट्टराई, अवनी मैनाली भट्टराईलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल र कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि सिफारिसमा परेका छन् ।

Download the PDF
advertisement_1680627680.gif