शुक्रबार, ६ मंसिर, २०८२

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ कार्तिक, २०८२

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

२०८२ कार्तिक २०, काठमाडौं । नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई जिम्‍मेदारी दिइएको छ ।

पौडेललाई मंगलबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ताको जिम्‍मेदारी दिइएको हो ।

२०५९ सालमा सेवा प्रवेश गरेका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

advertisement_1676551537.gif