शुक्रबार, ६ मंसिर, २०८२

काठमाडौँ, ललितपुर र भक्तपुरको निषेधाज्ञा र कर्फ्यु लम्बियो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २६ भाद्र, २०८२

काठमाडौँ, ललितपुर र भक्तपुरको निषेधाज्ञा र कर्फ्यु लम्बियो

२०८२ भदौ २६, काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई शनिबारसम्म निरन्तरता दिएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यू शनिबार बिहानसम्म कायम रहने बताइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २७ गतेको बिहान ११ देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ। कर्फ्यू भने भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।

निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ ।

निषेधाज्ञा तथा कर्फ्यूको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ ।

advertisement_1680627680.gif