राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ भाद्र, २०८२
२०८२ भदौ २९, काठमाडौं । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ज्यान गुमाउने ७२ पुगेको छ ।
आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा अहिलेसम्म पुष्टी भएका मृतकको संख्या जानकारी दिइएको हो ।
उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने ३ जना प्रहरीको निधन भएको छ । मृतक सबैको सनाखत भने हुन सकेको छैन ।
जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी रहेको बताइएको छ ।