शुक्रबार, ६ मंसिर, २०८२

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २ भाद्र, २०८२

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

२०८२ भदौ ०२, काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन अघि बढाउन परमादेश दिएको छ । सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको हो ।

त्रिभुवन साहले गौर हत्याकाण्डमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि छनबिनको माग गर्दै रिट दायर गरेका थिए । उक्त हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित रिट दायर भएको थियो ।

२०६३ चैत ७ गते भएको उक्त घटनामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको निधन भएको थियो ।

गौरको एउटै स्थलमा आमसभा गरेका दुबै पक्षबीच आपसी भिडन्त हुँदा फोरम नेतृत्वका कार्यकताबाट २७ जना माओवादी नेता कार्यकर्ताहरुको पाशविक रुपमा क्रुरतापूर्वक हत्या गरिएको थियो ।

advertisement_1676551694.gif