शुक्रबार, ६ मंसिर, २०८२

चोरी भएका सामग्री फेला परे बुझाउन राष्ट्रपति कार्यालयको सूचना

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ भाद्र, २०८२

चोरी भएका सामग्री फेला परे बुझाउन राष्ट्रपति कार्यालयको सूचना

२०८२ भदौ २९, काठमाडौँ । राष्ट्रपतिको कार्यालयबाट चोरी भएका सामग्री फेला परे बुझाउन राष्ट्रपति कार्यालय शीतल निवासले आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्रपति कार्यालयको प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाले लुटपाट भएका सामान फेला परे बुझाउन आग्रह गरेको हो ।

सोमबार र मंगलबार जेनजी प्रदर्शनमा लुटिएका सामान राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि.भी. कुर्सी लगायतका भौतिक सामग्रीहरू कार्यालय परिसरबाट लुटपाट चोरी भएको भन्दै बुझाइदिन आग्रह गरेको हो । 

कसैले राष्ट्रपतिको कार्यालय जि. खा.पा.नं. उल्लेख भएका वा नभएका समान देख्नु भएमा वा भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ। साथै उल्लिखित सामग्रीहरूको सम्बन्धमा कुनै जानकारी भएमा देहायका सम्पर्क नम्बरहरू वा नजिकको सुरक्षा निकायमा जानकारी दिन वा उपलब्ध गराइदिनुहुन सुचनामा उल्लेख गरेको छ ।

सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ । यस कार्यालयका सामग्रीहरूको पुनःप्राप्तिको अभियानमा सहयोग गरिदिनुहुन अनुरोध समेत गरेको छ ।

advertisement_1680627680.gif