राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ आश्विन, २०८२
२०८२ असोज ५, काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।
यसअघि, विभागका प्रमुख हुतराज थापाले गत भदौ २८ गते अनिवार्य अवकाश लिएपछि नेतृत्व रिक्त रहेको थियो । थापाले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर अवकाश लिएका थिए । कार्कीको नियुक्तिसँगै विभागले नयाँ नेतृत्व पाएको छ ।
केपी ओली नेतृत्वको सरकारको वहिर्गमन र नयाँ सरकार गठनमा भएको बिलम्बका कारण विभागको प्रमुख नियुक्तिमा ढिलाई भएको हो ।