शुक्रबार, ६ मंसिर, २०८२

रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रास्वपाले रक्षाबन्धन मनाउने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ श्रावण, २०८२

रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रास्वपाले रक्षाबन्धन मनाउने

२०८२ साउन २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने भएको छ । सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने पार्टीले जानकारी दिएको हो ।

रास्वपाले कार्यक्रममा सहभागी भई समर्थन जनाउन सम्पूर्ण समर्थक र शुभेच्छुकलाई आह्वान गरेको छ। यो अभियान लामिछानेप्रति ऐक्यबद्धता र न्यायको पक्षमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको रास्वपाले जनाएको छ ।

आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्रांगण र काठमाडौंको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम हुनेछ । कार्यक्रममा लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाइने बताइएको छ ।

advertisement_1680627680.gif