शुक्रबार, ६ मंसिर, २०८२

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ भाद्र, २०८२

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

२०८२ भदौ १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो ।

उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल  र मधुप्रसाद अर्यालबीच रास्वपाबाट उम्मेदवारी बन्नका लागि प्रतिस्पर्धा भएको थियो ।  

प्रतिस्पर्धा भएको मध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो ।

सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन्। उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् । 

हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत हुन् ।

advertisement_1676551537.gif