राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ आश्विन, २०८२
२०८२ असोज २८, काठमाडौँ । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
जेनजी आन्दोनपछि पहिलो पटक सार्वजनिक भएका देउवाले मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई हस्तान्तरण गरेको बताएका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।