शुक्रबार, ६ मंसिर, २०८२

काठमाडौंमा एमालेको भोलेन्टियर फोर्सको प्रदर्शन

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

काठमाडौंमा एमालेको भोलेन्टियर फोर्सको प्रदर्शन

 २०८२ मंसिर ५, काठमाडौं । नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्सले शुक्रबार मध्यान्ह काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सामाखुशी र जावलाखेलबाट र्‍याली सुरु गरिएको फोर्सले बबरमहल, माईतीघर हुँदै नयाँबानेश्वरसम्म मार्च पास गर्दै प्रदर्शन सम्पन्न गरेको हो ।

आज नै काठमाडौंको माइतीघरस्थित कार्की बैंक्वीटमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

advertisement_1680627706.gif