राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २० कार्तिक, २०८२
२०८२ कार्तिक १९, काठमाडौं । विशेष अदालतले पनि प्रहरीमा जाहेरी दिएको छ । अदालतले आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको हो ।
२३ र २४ भदौमा भएको जेन जेड आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षति भएको भन्दै अदालतले जाहेरी दिएको परिसरले जनाएको छ ।
तोडफोडमा संलग्नलाई खोजी गरी कारबाही गर्न र क्षति बराबरको बिगो भराउन माग गरिएको छ । यसअघि सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले पनि प्रहरीमा जाहेरी दिएका थिए ।
विशेषले अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ क्षति भएको उल्लेख गरेको छ । जाहेरी आएसँगै तोडफोड र आगजनी गर्नेहरूको पहिचान र खोजी प्रहरीले सुरु गरेको छ ।