राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २१ श्रावण, २०८२
२०८२ साउन २०, पोखरा । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् । साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो ।
कास्की प्रहरी सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले साइबर ब्युरोको पत्रका आधारमा वाइवालाई पक्राउ गरिएको जानकारी दिए । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले उजुरी दिएपछि वाइबालाई पक्राउ गरिएको हो ।
पक्राउ गरी साइबर ब्युरोमा पठाइसकेको प्रहरीले जनाएको छ ।