सोमबार, १ असार, २०८३

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८३ असार ०१, काठमाडौं । नेपाली बजारमा हप्ताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको ताजा विवरण अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि हप्ताको पहिलो दिन आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । एकैदिन तोलामा ५ हजार रुपैयाँको यो वृद्धिले सुनको मूल्य स्थानीय बजारमा नयाँ उचाइतर्फ अघि बढेको संकेत गर्दछ ।

सुनसँगै चाँदीको मूल्यमा पनि सोमबार उल्लेखनीय वृद्धि देखिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ सय २० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ ।

आइतबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक उतारचढाव र डलरको मजबुतीका कारण स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्य लगातार आकासिँदै गएको व्यवसायीहरूले बताएका छन् ।

advertisement_1680627706.gif