बिहीबार, २२ आश्विन, २०८३

पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा

२०८३ असोज २२ भोजपुर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन् ।

आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उनले बताइन् ।

यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका-८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन् ।

उनलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।

advertisement_1676551646.gif