शुक्रबार, ६ मंसिर, २०८२

विश्वकप लिग–२ : यूएईसँग आज निर्णायक खेल खेल्दै नेपाल

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ कार्तिक, २०८२

विश्वकप लिग–२ : यूएईसँग आज निर्णायक खेल खेल्दै नेपाल

२०८२ कार्तिक १३, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहीबार बिहान ११:१५ बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ ।

अमेरिकासँगको पहिलो खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाबपूर्ण मौका बनेको छ । लिग–२ को यूएई सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई १०६ रनले हराएको थियो, र दोस्रो खेलमा यूएईलाई पनि पराजित गर्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

नेपालले पछिल्ला १७ खेलमा १२ अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ भने समान खेल खेलेको यूएई आठौँ स्थानमा छ। अमेरिका २२ खेलमा ३२ अंकसहित दोस्रो स्थानमा छ ।

नेपालले यस सिरिजमा अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग खेल्नेछ ।

advertisement_1676551646.gif