शुक्रबार, ६ मंसिर, २०८२

जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २ मंसिर, २०८२

जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

२०८२ मंसिर १, काठमाडौँ । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए ।

मयन यादवले ३४ र  लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले उक/एक विकेट लिए ।

advertisement_1676551646.gif