शुक्रबार, ६ मंसिर, २०८२

एनपीएलः सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

एनपीएलः सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित

 २०८२ मंसिर ५, काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले लगातार पुन: जित हासिल गरेकाे छ । शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० अ‍ोभरमा ८ विकेट गुमाएर एक सय ७५ रन बनायो ।

पोखराका कप्तान कुशल भुर्तेलले अर्धसतक बनाए। उनले ३२ बलमा ५३ रन बनाए। यस्तै जिमी निशामले ४७ तथा डेन दुथवेटले ३७ रन बनाए। सुदुरपश्चिमका हरमित सिंहले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो ।

सुदूरपश्चिमका जोश ब्राउनले ६८ रनको अर्धसतकीय पारी खेले । यस्तै बिनोद भण्डारीले ४३ रन बनाउँदा क्रिश लिनले ३१ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए। पोखराका जिमी निशामले तीन विकेट लिए । यस्तै आकाश चन्द र डेन दुथवेटले दुई दुई विकेट लिए ।

advertisement_1676551694.gif