राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २६ भाद्र, २०८२
२०८२ भदौ २६, रामेछाप । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो ।
कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।
हाल कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।