राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३१ श्रावण, २०८२
२०८२ साउन ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्ती भत्काएको छ । डोजरसहित पुगेको नगरप्रहरीले सुकुम्बासीका टहराहरु भत्काइदिएको हो ।
वर्षायाममा टहरा भत्काइदिएपछि सुकुम्बासीको बिचल्ली भएको छ । वर्षामा ओत लाग्ने ठाउँ दिन स्थानीयले अनुरोध गर्दा पनि नगर प्रहरीले नमानेपछि स्थानीयसँग वादविवाद भएको छ ।
टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको छ ।
त्यस्तै सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका छन् ।
मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरु आक्रोशित भएका हुन् ।