राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ४ भाद्र, २०८२
काठमाडौं । जन सार्क समन्वय मञ्च नेपालको नवौं साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । मञ्चका सभापति हरि बहादुर बिसीको अध्यक्षतामा सम्पन्न साधारण सभा काठमाडौंको बबरमहल मा एक कार्यक्रमका बीच भएको हो।
उक्त साधारण सभामा संगठनको विगतका गतिविधि, भावी योजना र क्षेत्रीय सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो । सार्क राष्ट्रहरुको सरकारी तहमा भारत र पाकिस्तान बिचको तनाब ले खासै प्रभावकारी हुन नसकेको ले गैर सरकारी स्तरबाट भएपनि सार्क राष्ट्रहरूबीच जनस्तरमै मित्रता, सहकार्य र समझदारी बढाउन मञ्चले महत्वपूर्ण भूमिका खेल्नु पर्ने भन्दै यसका लागि विभिन्न कार्यक्रम लिएर अगाडी बढ्नु पर्ने धारणा सभागी हरुले राखेका छन्।
सभाको संचालन मञ्चका महासचिव भारत ढकालले गरेका थिए भने मञ्चका सभापति हरि बहादुर बि सीले मंच स्थापनाकाल देखि हाल सम्मका गतिविधि तथा भावी कार्य योजनाका बारेमा सभामा जानकारी गराउनु भएको थियो।