बिहीबार, २२ आश्विन, २०८३

वाल्मिकी विद्यापीठ वेदान्त विभागले मनायो आदिकबि भानुभक्त आचार्यको जन्मजयन्ती।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २८ असार, २०८१

वाल्मिकी  विद्यापीठ वेदान्त विभागले मनायो आदिकबि  भानुभक्त आचार्यको  जन्मजयन्ती।

काठमाडौँ। काठमाडौँको प्रदर्शनीमार्गमा रहेको वाल्मिकी  विद्यापीठ अन्तर्गतको वेदान्त विभागले आदिकवि  भानुभक्त आचार्यको दुइ सय एघारौ जन्मजयन्ती मनाएको छ  । सो  अवसरमा विभागले आज  भानुभक्तीय रचना वाचन कार्यक्रमको आयोजना गरेको हो ।

वेदान्त विभागका विभागीय प्रनुख सुमोद आचार्य सुमोदवर्धन कौण्डिन्यानको अध्यक्षता तथा वाल्मिकी  विद्यापीठका प्राचार्य भागवत  ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भानुभक्तीय रचना वाचन कार्यक्रममा नेपाली साहित्यका साहित्यकार डा देवी नेपाल लगायत वाल्मिकी  विद्यापीठका विभिन्न विभागका प्रमुखहरु ,प्राध्यापकहरु तथा विद्यापीठकाबिद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

१७ जना प्रतियोगीहरु सहभागी भएका उक्त रचना वाचन कार्यक्रममा प्रथम, द्वितीय ,तृतीय हासिल  गरेका  तथा सान्त्वना समेतलाई पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो।साथै सभागी सबैलाई उपयोगी  पुस्तक वितरण गरिएको थियो ।  वेदान्त विभागका प्राध्यापक उमेश घिमिरेले कार्यक्रमको संचालन गर्नुभएको थियो   । 

सहभागीहरुले भानुभक्त आचार्यका कविता तथा उनको जीवनीका बारेमा चर्चा गरेका थिए। स्मरण  रहोस यही असार २९ गते शनिबार भानु जयन्ति रहेको छ 

वाल्मिकी  विद्यापीठ वेदान्त विभागले मनायो आदिकबि  भानुभक्त आचार्यको  जन्मजयन्ती।

advertisement_1676551646.gif