शुक्रबार, ६ मंसिर, २०८२

राष्ट्रियसभा बैठक, नागरिकता विधेयक पारित गरिने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ६ भाद्र, २०८२

राष्ट्रियसभा बैठक, नागरिकता विधेयक पारित गरिने

२०८२ भदौ ०६, काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।

बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ ।आजको बैठकमा गृह, उद्योग, संस्कृति मन्त्रालयासँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको कार्यसूचीमा उल्‍लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

गृहमन्त्री रमेश लेखकले विधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘नेपालको नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ मा बिचार गरियोस तथा पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

advertisement_1676998982.gif