राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ कार्तिक, २०८२
२०८२ कार्तिक १३, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् । बिहीबार निर्वाचन आयोग पुगेर चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।
पार्टीको संरक्षकमा चौधरी आफैँ रहेका छन् भने जेनजी युवाको प्रतिनिधित्व हुने गरि कबीर सोबलाई अध्यक्ष बनाइएको छ । त्यस्तै जनमत पार्टी परित्याग गरेका अब्दुल खानलाई पार्टीको बरिष्ठ उपाध्यक्ष बनाइएको चौधरीले जानकारी दिए ।
भौगोलीक सांस्कृतिक पहिचानसहितको संघीयता र समूदायमा आधारित समाजवादको अवधारणमा नयाँ पार्टी गठन गरिएको उनले बताए। उनले जेनजीको भावनासमेत समेटेर पार्टीलाई अघि बढाइने उल्लेख गरे ।
चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टीको चुनाव चिन्ह जाँतो प्रस्ताव गरेका छन् ।