राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २ भाद्र, २०८२
२०८२ भदौ ०२, काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को आसन्न उपचुनावमा २६ दलले भाग लिन पाउने भएका छन् । निर्वाचन आयोगले चुनावका लागि दल दर्ता गराएकोमा रित पुगेका २६ दललाई योग्य घोषणा गरेको हो ।
२७ दलले दल दर्ताका लागि निवेदन पेश गरेकोमा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) दर्ताका लागि पेश गर्नुपर्ने विवरण पेश नगरेकाकाले अयोग्य ठहरिएको छ भने अन्य २६ दलहरु योग्य ठहरिएका छन् ।
पार्टीको आन्तरिक विवादका कारण नाउपाका दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएपनि निर्वाचन आयोगको निर्णय अनुसार गत साउन २१ देखि २७ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन आएका २७ राजनीतिक दलमध्ये कानूनी रीत पुरा भएका २६ दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७४ को नियम १७ को उपनियम ४ बमोजिम दल दर्ता गरिएको बताइएको छ ।