राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १७ कार्तिक, २०८२
२०८२ कार्तिक १६, काठमाडौं । अन्तरिम सरकारलाई राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता गर्ने सुशीला कार्की नेतृत्वको सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
असोज ३० गते सरकारले राजनीतिक नियुक्तिका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका ती राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र काठमाडौं फर्किन निर्देशन दिइएको थियो ।
भारतबाहेक अन्य सबै राजनीतिक नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय सरकारले निर्णय गरेको थियो तर त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।