शुक्रबार, ६ मंसिर, २०८२

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १ भाद्र, २०८२

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा

२०८२ भदौ ०१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटका क्रममा निमन्त्रणा दिएका हुन् ।

भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सो जानकारी दिए । भेटका अवसरमा दुुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।

भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रुपमा अहिलेसम्म घोषणा गरेका छैनन्। दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।

advertisement_1676551537.gif