राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ कार्तिक, २०८२
२०८२ कार्तिक २४, काठमाडौँ । प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।
आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुनेगरी महानिरीक्षक नियुक्त गरिएको हो ।