शुक्रबार, ६ मंसिर, २०८२

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ७ भाद्र, २०८२

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

२०८२ भदौ ७, काठमाडौं । इजरायलमा  हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । इजरायलबाट फर्किएर आमा पद्मा र बहिनी पुष्पाले शनिबार प्रधानमन्त्री ओलीसँग आज शनिबाार भेट गरेका हुन् ।  

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् उनीहरूसँगको तस्बिर सार्वजनिक गरेका छन् । 

‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो । विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो । विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,’ प्रधानमन्त्रीले लेखेका छन् ।

advertisement_1676998982.gif