शुक्रबार, ६ मंसिर, २०८२

आज विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ भाद्र, २०८२

आज विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन हुँदै

२०८२ भदौ ०५, काठमाडौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन् ।

मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उदघाटन गर्न लागेकी हुन्। बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन कार्यक्रम रहेको बताइएको छ ।

एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । मदन भण्डरीको ७५ औँ हिरक जयन्ती मनाउनेगरि सम्पर्क कार्यालय खोलिने भएको छ । 

advertisement_1676553908.gif