बुधबार, २१ आश्विन, २०८३

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १७ आश्विन, २०८३

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०८३ असोज १७ काठमाडौँ I देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका तराई भू-भागमा पनि आंशिक बादल लाग्नेछ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग एवं देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा बिहानपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

advertisement_1676551537.gif