शनिबार, ९ जेष्ठ, २०८३

आजको मौसम : तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३० बैशाख, २०८३

आजको मौसम : तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना

२०८३ बैशाख ३०, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागिरहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ । साथै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही जिल्लाहरूमा हावाहुरी/असिना/मेघगर्जन/चट्याङ्गको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

advertisement_1676551537.gif