शनिबार, ९ जेष्ठ, २०८३

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २० चैत्र, २०८२

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

२०८२ चैत्र २०, काठमाडौं । नेकपा एमालेले सरकारले आफ्नो सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्नेबारे निर्णय लिएकोप्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यसालमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयबाट पछि हट्न सरकारको ध्यानआकर्षण गर्ने निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

यसैगरी पार्टी नेता-कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ ।

सचिव  भट्टले नियोजित साइबर आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको जानकारी दिए।

उनले भने,‘ नेता-कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ। साथै नियोजित आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।’

त्यस्तै एमालेले वर्तमान सरकारको विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रविन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ। सरकारलाई अभिलम्ब यस निर्णयबाट पछाडि हट्न ध्यानाकर्षण समेत गराएको छ ।

‘वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको एमालेले कडा शब्दमा विरोध गरेको छ। पार्टीले उक्त निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ,’उनले भने ।

advertisement_1676551646.gif