शनिबार, ९ जेष्ठ, २०८३

गृहमन्त्री प्रकरणमा एमालेले माग्यो उच्चस्तरीय छानबिन र राजीनामाको माग

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ८ बैशाख, २०८३

गृहमन्त्री प्रकरणमा एमालेले माग्यो उच्चस्तरीय छानबिन र राजीनामाको माग

२०८३ बैशाख ०८, काठमाडौं । नेकपा एमालेले गृहमन्त्री सुधन गुरूङको राजीनामा माग गरेको छ ।

एमालेले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले केवल आशंका मात्र उत्पन्न नगरेको तथा यसले विगतमा भएका सम्भावित अनियमितता र विसंगतिका रहस्यसमेत उजागर गरेको आरोप लगाएको छ ।

‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा (एमाले) जोडदार माग गर्दछ । यसका लागि नेकपा (एमाले) स्पष्ट रूपमा भन्छ– अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ । तसर्थ, गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानवीन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरू गरियोस्।  साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरून्त मार्गप्रशस्त गर्न हामी माग गर्दछौं,’ प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएलगत्तै सरोकारवालाहरूबीच प्रश्न उठ्दै चासो प्रकट हुँदै आएको एमालेले बताएको छ ।

advertisement_1676551694.gif