राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २० चैत्र, २०८२
२०८२ चैत्र २०, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई औपचारिक रुपमा बधाई दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको हो ।
‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ,’ पार्टीको निर्णयमा भनिएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको सिट(१८२) प्राप्त गरेको थियो ।