राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १५ चैत्र, २०८२
२०८२ चैत्र १५, काठमाडौं । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालयको बैठकले आज देशैभरी रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो । सोही अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्दे ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो ।
राजनीतिक प्रतिशोध साँधेर ओलीलाई पक्राउ गरिएको भन्दै एमाले निकट संगठनहरुले हिजोदेखि नै आन्दोलन गरिरहेका छन् । नेकपा एमालेसँग आबद्ध विभिन्न जनवर्गीय संगठनहरूलेआज पनि उनीहरुको प्रदर्शन जारी राखेका छन् ।
आज विरोध पत्र बुझाउने क्रममा पनि एमाले कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयअघि प्रदर्शन गरेका थिए ।