राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ कार्तिक, २०८२
२०८२ कार्तिक १३,काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा यूएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए । नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।
अमेरिकासंग नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो ।