राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८२ मंसिर ४, काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा विजयी सुरुवात गर्ने क्रममा चितवन राइनोजलाई पराजित गरेको छ । लुम्बिनी लाइअन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
चितजनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। लुम्बिनीका गुल्बादिन नैबले सर्वाधिक ४४ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३९ तथा सन्दीप जोराले २८ रन बनाए । चितवनका रिजन ढकालले २ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले ६६ रन बनाए भने कुशल मल्लले २१ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए। यस्तै अविशेष गौतम र गुल्बादिन नैबले समान दुई दुई विकेट लिए ।