शुक्रबार, ६ मंसिर, २०८२

एनपीएल अन्तर्गत लुम्बिनीले टस जितेर पहिले बलिङ गर्दै

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

एनपीएल अन्तर्गत लुम्बिनीले टस जितेर पहिले बलिङ गर्दै

२०८२ मंसिर ४, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार)को खेलमा अहिले लुम्बिनी लायन्स र चितवन राइनोज प्रतिस्पर्धामा छन् ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गरिरहेको हो ।

लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजले दोस्रो खेल खेल्दैछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन् ।

advertisement_1676551646.gif