राष्ट्रिय सन्देश संबाददाता, २३ घण्टा पहिले
२०८२ मंसिर ४, बारा । बाराको सिमरामा फेरि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको हो ।
आज बिहीबार बिहान ११ बजेदेखि सिमरा चोकमा जम्मा भएर उनीहरूले विरोध प्रदर्शन गरिएका छन् । भीड नियन्त्रणमा लिन प्रहरीले सामान्य बल पयोग पनि गरेको पनि स्थिति नियन्त्रणमा लिन बारा प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
जेनजी युवा समूह र प्रहरीबीच झडप हुन थालेपछि कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।
प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।
बुधबार पनि एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।