शुक्रबार, ६ मंसिर, २०८२

वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ चैत्र, २०७९

वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु

काठमाडौं।  आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ। 

आगामी वैशाख १० गते, तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन दल दर्ता आज देखि सुरू हुन लागेको हो। दल दर्ता यही चैतको १२ गतेसम्म दल दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। 

रामचन्‍द्र पौडेल राष्‍ट्रपति र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि निर्वाचित क्षेत्रमा निर्वाचन हुने निर्वाचन हुन लागेको हो। रामचन्‍द्र पौडेल तनँहु-१ र रामसहायप्रसाद यादव बारा-२ मा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

advertisement_1676551537.gif