शनिबार, ९ जेष्ठ, २०८३

श्रम संस्कृति पार्टी र सुदन किरातीबीच एकताको सहमति

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २५ बैशाख, २०८३

श्रम संस्कृति पार्टी र सुदन किरातीबीच एकताको सहमति

२०८३ बैशाख २५, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री एवं चर्चित नेता सुदन किरातीबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । लामो समयदेखि विभिन्न चरणमा भइरहेको सघन छलफलले गएराति अन्तिम रूप लिएसँगै दुई नेताबीच सहकार्यको बाटो खुलेको हो ।

सहमतिको प्रारम्भिक खाका अनुसार सुदन किरातीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने तय भएको छ । उनीहरूबीच सांगठनिक एकताको सहमति भए तापनि गहन वैचारिक र सैद्धान्तिक विषयहरूमा भने अझै छलफल जारी रहेको बुझिएको छ ।

यस एकतालाई औपचारिक रूप दिन र विस्तृत जानकारी सार्वजनिक गर्न आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको छ । सुदन किरातीका सहयोगी हेमन्त किरातीले पत्रकार सम्मेलनमार्फत एकताका आधार र आगामी कार्यदिशा स्पष्ट पारिने जानकारी दिएका छन् ।

advertisement_1676553908.gif