शुक्रबार, ६ मंसिर, २०८२

सत्तारुढ दलहरु नेकपा एमाले तथा नेपाली कांग्रेसले बोलाए सांसदहरुको आकस्मिक बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३ भाद्र, २०८२

सत्तारुढ दलहरु  नेकपा एमाले तथा नेपाली कांग्रेसले  बोलाए  सांसदहरुको आकस्मिक बैठक

भदौ ३, २०८२, काठमाडौँ । सत्तारुढ दलहरु नेपाली कांग्रेस तथा नेकपा एमालेले आफ्ना सांसदहरूलाइ आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन्।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी कांग्रेस तथा एमालेले गरेको र त्यसका लागि छलफल गर्न सांसदहरूलाइ बोलाएको हुन सक्ने आंकलन गरिएको छ । तर कतिपय सांसदहरुले भने छलफलको विषयवस्तु प्रस्ट नपारिएको तथा संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताएका छन् ।

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

सत्तारुढ दलहरु  नेकपा एमाले तथा नेपाली कांग्रेसले  बोलाए  सांसदहरुको आकस्मिक बैठक

advertisement_1676551537.gif