शनिबार, ९ जेष्ठ, २०८३

सरकारले संवैधानिक परिषद् अध्यादेश पुन: शीतल निवास पठाउने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ बैशाख, २०८३

सरकारले संवैधानिक परिषद् अध्यादेश  पुन: शीतल निवास पठाउने

२०८३ बैशाख २१, काठमाडौं । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश कुनै परिमार्जन नगरी पुन: स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा 'पुनर्विचार गर्नुपर्ने' भन्दै सरकारलाई नै फिर्ता पठाएका थिए । तर, सरकारले राष्ट्रपतिको सुझावलाई बेवास्ता गर्दै साविककै व्यहोरामा अध्यादेश अगाडि बढाउने बताएको  छ ।

सरकारले संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया सहज बनाउन भन्दै परिषद्को गणपूरक संख्या र निर्णय प्रक्रियामा फेरबदल गर्ने गरी अध्यादेश ल्याएको थियो । राष्ट्रपति पौडेलले भने संवैधानिक मर्म र संसदीय सर्वोच्चताको अभ्यासलाई ध्यान दिँदै यसमा केही बुँदा परिमार्जन गर्नुपर्ने सन्देशसहित फाइल फिर्ता गरेका थिए ।

advertisement_1676551537.gif