शुक्रबार, ६ मंसिर, २०८२

सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गर्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ जेष्ठ, २०८०

सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गर्यो।

काठमाडौँ। टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई सरकारले आममाफी दिन सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको  छ। 

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसअनुसार चौधरीलाई आममाफी दिनेछन्।

यसअघि सरकारले चौधरीलाई माफी दिने प्रस्तावबारे राय माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो। उक्त निवेदन अध्ययन गरी राष्ट्रपति कार्यालयले कानुन बमोजिम हुने गरी गर्नु ' भनेर गृहमा फिर्ता पठाइएको थियो। गृहले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि आममाफीका लागि  मन्त्रिपरिषदले सिफारिस गरेको हो। 

advertisement_1676551646.gif