राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २३ बैशाख, २०८३
२०८३ बैशाख २३, काठमाडौं । सरकारले विभिन्न १२ वटा राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको दर्ता खारेज गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ती युनियनहरूको दर्ता खारेज गरेको हो ।
खारेजीमा पर्नेहरूमा ८ वटा निजामती कर्मचारी र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन रहेका छन् । विभागका अनुसार, लामो समयदेखि क्रियाशील रहेका यी संगठनहरूलाई नयाँ कानुनी व्यवस्था बमोजिम खारेज गरिएको हो ।
सरकारले ल्याएको अध्यादेशमा ’केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ का आधारमा खारेज गरिएको बताइएको छ । सोही अध्यादेशको प्रावधान बमोजिम पञ्जिकाधिकारीको यही २३ गतेको निर्णयले यी युनियनहरूको अस्तित्व समाप्त गरिदिएको हो । यी हुन् दर्ता खारेज भएका निजामति र स्वास्थकर्मीका ट्रेड युनियन १। नेपाल निजामती कर्मचारी संगठन,२। नेपाल निजामती कर्मचारी युनियन,३ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन,४ । नेपाल मधेशी निजामती कर्मचारी मंच,५ । नेपाल स्वास्थ्यकर्मी संघ ६ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल,७। एकीकृत सरकारी कर्मचारी संगठन नेपाल,८ । स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल युनियन रहेका छन् ।
त्येस्तै स्वास्थकर्मीका ट्रेड युनियन १ । नेपाल स्वास्थ्यकर्मी युनियन दर्ता नं। ३६० ,२ । स्वास्थ्यकर्मी यूनियन नेपाल दर्ता नं। ३६१,३ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल दर्ता नं । ३६४,४ । राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन दर्ता नं । ५५२ युनियन रहेका छन् ।