शुक्रबार, ६ मंसिर, २०८२

समितिहरुको नेतृत्त्व लगाएतका बिषयमा तीन ठुला दलबीच जुट्यो सहमति।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३१ बैशाख, २०८०

समितिहरुको  नेतृत्त्व लगाएतका बिषयमा  तीन ठुला दलबीच जुट्यो  सहमति।

काठमाडौँ।  संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने विषयमा तिन ठुला राजनीतिक दल सहमत भएका  छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ।

सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए।

advertisement_1676553908.gif