शुक्रबार, ६ मंसिर, २०८२

संसदीय बैठकमा पुगे अन्तरिम सरकारका मन्त्री

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ कार्तिक, २०८२

संसदीय बैठकमा पुगे अन्तरिम सरकारका मन्त्री

२०८२ कात्तिक २१ , काठमाडौं। जेन–जी आन्दोलनको कारण  तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएपछि  नया अन्तरिम सरकार बनेको झन्डै दुइ महिना पुग्न थालेको छ । निर्वाचनको मुख्य लक्ष्यसहित गठन भएको यही सरकारका प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि अहिले माथिल्लो सदन   राष्ट्रिय सभामात्र क्रियाशील छ।सरकार गठनको दुई महिना पुग्न लाग्दा अन्तरिम सरकारका मन्त्री पहिलोपटक संसदीय बैठकमा उपस्थित भएका छन्।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा सहभागी भएका हुन्।२३ र २४ भदौको जेनजी आन्दोलनपछि उत्पन्न जटिल अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए पनि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था बनेन।

त्यसैले कामचलाउ प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपतिले अन्तरिम सरकार निर्माणको प्रक्रिया अगाडि बढाएका थिए। त्यसक्रममा जेनजी अन्दोलनकारीको सिफारिसमा राष्ट्रपति कार्कीले २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरे।त्यसयता कार्कीको नेतृत्वको सरकारका प्रतिनिधिको रुपमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शुक्रबार पहिलोपटक संसदीय गतिविधिमा सभागी  भएका हुन् ।

advertisement_1676553908.gif