राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २२ बैशाख, २०८३
२०८३ बैशाख २२, काठमाडौं । सरकारले संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले वैशाख २८ गते दिनको २ बजे संसद् बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
आजको बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय मात्रै गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।