शुक्रबार, ६ मंसिर, २०८२

संसद बैठकमै अर्धनग्न भए स्वतन्त्र सांसद अमेशकुमार।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ बैशाख, २०८०

संसद बैठकमै अर्धनग्न भए स्वतन्त्र सांसद अमेशकुमार।

काठमाडौं।स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट तर्जुमामा बिचौलियाको महत्वपूर्ण भूमिका रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा बोल्न अनुमति नदिएपछि विरोधमा अर्धनग्न बनेका सिंहले सञ्चारकर्मीसँग कुरा गर्दै भ्रष्टलाई कारबाही गर्न माग गरे ।

उनले नक्कली शरणार्थीका लागि रकम विनियोजनमा भ्रष्टाचार भएकोमा चिन्ता व्यक्त गर्दै यी विषयमा छलफल गर्न पर्याप्त समय नदिएको बताए ।

जनताको प्रतिनिधित्व गर्ने सिंहले आफ्नो आवाज सुनिनुपर्छ भन्ने धारणा राख्दै अन्यायको बिरुद्ध आन्दोलनमा उत्रिएको बताए।

advertisement_1676551646.gif